काठमाडौँ । जाडो महिनामा छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुने लगायत समस्या आउन देखिन सक्छन् ।
कतिपय अवस्थामा लुतो पनि देखिन्छ । लुतो आउँदा औँलाका काप र पेटमा राति चिलाउने गर्छ । चिसोको प्रभावले हात खुट्टा सुन्निने, छाला रातो हुने, झमझमाउने, खुट्टा फुट्ने लगायत समस्या देखिन्छन् । यसका लागि मानिसले अनेकौं उत्पादनको प्रयोग गर्दछ । तर जाडोमा छालामा हुने समस्याबाट कसरी जागिने त ?
– धेरै तातो वा चिसो पानीले छालालाई असर गर्छ त्यसैले नुहाउन वा मुख धुन मनतातो पानीको प्रयोग गर्ने ।
– नुहाउँदा ५ देखि १० मिनेटसम्म नुहाउने अनि मोस्चराइजर क्रिमको प्रयोग गर्ने ।
– साबुनले छालालाई सुख्खा बनाउँछ त्यसैले मोस्चराइज हुने साबुन मात्र प्रयोग गर्ने ।
– छालालाई मुलायम राख्न भिटामिन ‘ई’ भएको क्रिम वा लोसनको नियमित प्रयोग गर्ने ।
– इलेक्ट्रिक हिटरको तापले छालालाई सुख्खा बनाउँछ त्यसैले धेरै समय हिटरको छेउमा नबस्ने ।
– घाममा धेरैबेर बस्दा घामको अत्यधिक रेडिएसनले छालाको क्यान्सर हुन सक्छ ।
– घाममा निस्किँदा सनस्क्रिनको प्रयोग गरेर मात्र निस्कने गर्नु पर्दछ ।
– बाक्लो, न्यानो र सफा कपडा मात्र लगाउने ।
– हातखुट्टामा बाक्लो पञ्जा र मोजाको प्रयोग गर्ने ।
– राति सुत्नु अघि सधैँ फेसवासले मुख धुने ।