• मंसिर ७ २०८१, शुक्रबार

ओलीको कटाक्ष : कम्बोडिया मात्र होइन अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति मेरै हो

मंसिर ७ २०८१, शुक्रबार

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका छन् । उनले आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिए ।

शुक्रबार राजधानीको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले भन्नकै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने बताए ।

उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !’

यस्ता फाल्तु कुरा गरेर केही फरक नपर्ने भन्दै उनले तर अन्य दलका कतिपय नेताहरु सामान्य अवस्थाबाट एकाएक अर्बौंको मालिक भएको भन्दै यसबारे प्रश्न उठाए ।