काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता
पाउने अवस्था बनाउनुपर्ने बताएका छन् ।
बिहीबार सहकारी पीडितहरूले काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारवाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका हुन् ।
उनले नेपालमा सहकारीको नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताको समस्या समाधान गर्न पनि सरकारसँग माग गरेका छन् ।
बचत रकम फिर्ताको माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गर्ने पीडितमाथि दमन भएको भन्दै उनले आपत्ति जनाए ।
माइतीघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा केहि बचतकर्ता घाइते भएका थिए । बिहीबार घाइते लगायतका सहकारी पीडितहरूले पुनः माइतीघरमा प्रदर्शन गरेका थिए ।