• मंसिर ६ २०८१, बिहीबार

लामो समय सुत्दा शरीरमा हुने बेफाइदा

मंसिर ६ २०८१, बिहीबार

लामो समय सुत्दा शरीरमा हुने बेफाइदा यस्ता छन् ः

-लामो समय सुत्दा शरीरले कुनै किसिमको बाहिरी गतिविधि गर्न पाउँदैन । फेरी कतिपय व्यक्तिहरूको दैनिकी खाने, बस्ने र सुत्ने मात्र पनि हुन्छ । यस्तो व्यक्तिहरूमा मोटोपन हुने सम्भावना धेरै हुन्छ । धेरै बेर सुत्दा पाचन प्रक्रिया पनि सुस्त भइरहेको हुन्छ जसको कारण मोटोपन हुनुका साथै कब्जियतको समस्या पनि बढ्ने गर्छ । शरीरमा मोटोपन बढ्दै गएपछि निन्द्रा पनि बढी लाग्दै जान्छ र यसले शरीरमा थप समस्याहरू बढाउने गर्छ ।

-धेरै बेर सुत्दा शरीरको गतिविधि प्रायः हुँदैन । शरीरको गतिविधि नहुँदा मधुमेह हुने सम्भावना बढी हुने कुरा विभिन्न अध्ययनहरूले बताउने गरेको छ । त्यसैले वयस्क व्यक्तिहरूले ९ घण्टा भन्दा बढी सुत्ने बानी गर्दा उनीहरूको शरीरमा चिनीको मात्रा बढ्दै जान्छ र मधुमेह हुने सम्भावना पनि बढ्दै जान्छ ।

-आवश्यकता भन्दा बढी सुत्ने व्यक्तिमा डिप्रेसन हुने सम्भावना पनि प्रबल हुन्छ । हालै पिएलओएसमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार धेरै सुत्ने व्यक्तिमा मानसिक तनाव बढेको र कतिपय व्यक्तिहरूलाई डिप्रेसन समेत भएको पाइएको थियो । धेरै बेर सुत्दा शरीर सुस्त हुनुका साथै मानिसलाई काम गर्न जाँगर कम लाग्ने गरेको समेत पाइएको थियो ।मुटु सम्बन्धी समस्या
‘अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन’ मा प्रकाशित एक अध्ययन अनुसार धेरै बेर सुत्ने व्यक्तिहरूमा मुटुको समस्या हुने बढी सम्भावना रहेको हुन्छ । उक्त अध्ययन अनुसार जो व्यक्ति ९ देखि ११ घण्टासम्म सुत्छ उनीहरूमा मुटुसँग सम्बन्धित समस्या हुने सम्भावना ३८ प्रतिशत बढी हुने उक्त अध्ययनमा देखिएको थियो ।

-यदि तपाई कुर्सीमा बसेर लामो समय काम गर्नुहुन्छ र लामो समय निदाउनु हुन्छ भने तपाईँलाई ढाड दुख्ने, गर्धन दुख्ने, कुम दुख्ने समस्या बढी हुने सम्भावना हुन्छ । एकै स्थानमा बसेर लामो समय काम गर्ने व्यक्तिहरूले झन् लामो समय निदाउनै हुँदैन ।