• मंसिर ५ २०८१, बुधबार

दरबारमार्गमा र्सायो एमालेले जागरण सभा

मंसिर ५ २०८१, बुधबार

काठमाडौँ । नेकपा एमाले जागरण सभाको सभास्थल परिवर्तन भएको छ । बुधबार जागरण सभा संयोजन समितिका संयोजक डा। राजन भट्टराईले विज्ञप्ति जारी गर्दै जागरण सभाको पूर्वनिर्धारित सभास्थलमा परिवर्तन गरिएको जानकारी दिएका हुन् ।

एमालेले उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा बिहीबार राजधानीमा जागरण सभाको आयोजना गर्दैछ । एमालेले भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने भएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘जागरण सभा अघि हुर्ने याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरु भई सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने भएकाले सोही बमोजिम ट्राफिक व्यवस्था मिलाउन र जागरण ऱ्याली तथा सभामा सहभागी हुन सबैमा अनुरोध गरिन्छ ।’

मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न जागरण सभा आयोजना गरिएको एमालेले जनाएको छ ।