• मंसिर ५ २०८१, बुधबार

विकासमा राजनीति नगरौँ : गृहमन्त्री

मंसिर ५ २०८१, बुधबार

गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनिति गर्न नहुने बताए ।

उनले स्थानीय सरकारले सहज ढंगले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए । उनले देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागिपरेको बताए ।

उनले पछिल्लो समय लागुऔषधका कारण दुर्घटना बढेको बताउँदै त्यसको नियन्त्रणका लागि पनि स्थानीय सरकार लाग्नुपर्ने बताए ।