मंसिर ४, काठमाडौं । डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।
मंगलबार कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आउँदै गरेको जिप परशुराम नगरपालिका– ९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा दुर्घटनामा परेको हो ।
डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विष्टका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट एक सय मिटर तल खसेको छ ।
तीमध्ये गम्भीर घाइते चार जनालाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।