• मंसिर ४ २०८१, मंगलवार

२७०२ मा झर्यो सेयर बजार, घट्यो कारोबार

मंसिर ४ २०८१, मंगलवार

४ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार २७०२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार २.२१ प्रतिशत घटे । आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नारायणी विकास बैंकको ७.२७, गुराँस लघुवित्तको ५.८४, युनिक नेपाल लघुवित्तको ५.३७, पोखरा फाइनान्सको ४.०४ प्रतिशत मूल्य बढ्यो ।

ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९.२५ प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ८.५५, जानाकी फाइनान्सको ८.२०, धौलागिरि लघुवित्तको ७.९४, मोलुङ हाइड्रोपावरको ६.८५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, पिपुल्स हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी क्रमशः अगाडि रहे ।