• मंसिर ४ २०८१, मंगलवार

मेनिया रोग के हो, कसरी हुन्छ ?

मंसिर ४ २०८१, मंगलवार

मानसिक तथा शारीरिक रुपमा अति सक्रियता, व्यवहार अव्यवस्थित र सोचाइमा अत्याधिक वृद्धि भएर देखिने उत्तेजना मेनिया अर्थात् उन्माद हो ।

यो एक प्रकारको मानसिक रोग हो, जसलाई चिन्ता र डिप्रेसनको रोगअन्तर्गत वर्गीकरण गरेको पाइन्छ । यो रोग लागेपछि व्यक्तिको भावना तथा संवेग असामान्य रुपमा परिवर्तन हुन गएर व्यक्तिको व्यवहार, सोच, निद्रा तथा सामाजिक अन्तरसम्बन्ध असन्तुलित देखिन थाल्छ ।

मेनिया कसरी हुन्छ ?

यो जैविक, वंशाणुगत र मनोसामाजिक कारणले हुने गर्छ ।

जैविक कारण – जैविक कारणमा दिमागमा असन्तुलित न्युरोट्रान्समिटर रसायनको अवस्थालाई मानिन्छ । यसमा मस्तिष्कको हाइपोथलामसमा समस्या हुँदा मेनिया भएको देखिन्छ । यसलाई सन्तुष्टिको केन्द्र पनि भनिन्छ । त्यसमा गडबडी हुँदा सन्तुष्ट हुनसक्दैन र यसबेला मस्तिष्कमा डोपामाइन न्युरोट्रान्समिटर बढी निस्किरहेको हुन्छ भने सेरोटोनिनको स्तर न्यून हुन्छ, जसले त्यही कुरा बारम्बार गरिराख्न मन लाग्ने र आनन्द आउने हुन्छ । परिवारमा कसैलाई मेनिया रोग इतिहास भएको अवस्थामा पनि त्यसपरिवारका अन्य सदस्यलाई मेनिया हुने जोखिम हुन्छ ।

मनोसामाजिक कारण – बाइपोलार भएको व्यक्तिमा यो रोग लाग्ने गर्छ । त्यस्तै सिजनल मुड रोग लागेका व्यक्ति, डिमेन्सिया भएका व्यक्ति, नजिकका आफन्तको एक्कासि मृत्यु, पारपाचुके, शारीरिक र मानसिक आघात भएमा, मस्तिष्कमा चोटपटक लागेमा यो रोग लाग्न सक्छ ।