बच्चाले छिटो छिटो सास फेर्छन् भने उसको फोक्सोमा केही न केही समस्या हुनसक्छ ।
साथै फोक्सोसँग सम्बन्धित रोगमा श्वास छिटो हुनुका साथै बच्चालाई सास फेर्न गाह्रो हुनसक्छ । छातीको संक्रमण, निमोनिया र अस्थामाको समस्या हुँदा पनि बच्चाले छिटो छिटो सास फेर्छन् ।
नाकमा म्युकस जम्मा हुँदा बच्चालाई सास फेर्न गाह्रो हुने वा छिटो सास फेर्ने समस्या हुनसक्छ । घाँटीको संक्रमणका कारण बच्चाले छिटो सास फेर्न सक्छ । साथै बच्चालाई चिसो हुँदा पनि छिटो सास फेर्न सक्छन् ।