काठमाण्डौ । निरन्तरको गिरावटलाई ब्रेक लगाउँदै आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको कारोबार १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९२० रुपैयाँ कायम भएको छ ।