• मंसिर २ २०८१, आईतवार

आजको अव्यावहारिक राजनीति

मंसिर २ २०८१, आईतवार

आम सर्वसाधारण अन्यमनस्क स्थितिमा छन् । कसलाई पत्याउने ? कसलाई नपत्याउने ? कुन समाचार ठीक ? कुन बेठीक ? कुन नेतारपार्टी ठीक ? कुन बेठीक ? खुट्याउन सरल छैन आजको राजनीति । ढाँट, छलकपट र भ्रमै(भ्रमको बीचमा सही र गलत राजनीतिकर्मीलाई पर्गेल्नुपर्ने चुनौती सर्वसाधारणलाई छ आज । राजनीति जति व्यावहारिक भयो उति सरल पनि बन्छ ।

यसलाई जस्तो बनायो त्यस्तै बनिदिन्छ । सरल बनाउन खोजे सरल बन्छ जटिल बनाउन खोजे जटिल । इमान र निष्ठाको जनकेन्द्रित राजनीति गर्नेहरूले राजनीतिलाई सहज र सरल बनाउँछन् जस्तो तिनको जीवनशैली हुन्छ । तर अहिले राजनीति यति खराब र अव्यावहारिक बनेको छ कि यसको बयान गरी साध्यै छैन । हाम्रो राजनीति किन यति धेरै अव्यावहारिक बन्दैछ त ? यसका कारण छन् र सुल्झाउने तरिकाहरू पनि ।

तर हाम्रा राजनीतिज्ञहरूको ध्यान त्यसतर्फ गइरहेको छैन । राजनीतिमा लागेका नयाँरपुराना सबैको ध्यान सिंहदरबारदेखि वडाका पद हत्याउन केन्द्रित भएका छन् । अर्थात् सिद्धान्त मरेको छ, पदमोहको जगजगी बढेको छ । हरेकलाई पद चाहिएको छ । पद विनाको राजनीति आजका नेपालीलाई राजनीति नै हो भन्ने लाग्दैन ।

हारोस् कि जितोस्, जनताको सेवा गरेको होस् कि जनतालाई छक्याउने र आफ्नै दुनो मात्र सोझ्याउने काम गरेको किन नहोस् सबैलाई जसरी नि टिकट चाहिएको छ, पदमा पुग्ने जिजीविषा पलाएको छ । यसले राजनीतिलाई अव्यावहारिक मात्र बनाउँदैन कलुषित र भ्रष्ट पनि बनाउँछ ।