• मंसिर २ २०८१, आईतवार

नरिवलको तेलका फाइदा

मंसिर २ २०८१, आईतवार

नरिवलको तेलका फाइदा यस्ता छन् ः

– नरिवलको तेलमा मुत्राशय तथा मिर्गौलालाई स्वस्थ राख्ने क्षमता हुन्छ। यस्तै, यसले कलेजोमा क्षति पुग्नबाट समेत जोगाउँछ।

-भारतमा भएको अध्ययनले नरिवलको तेलले अन्य आधुनिक औषधिभन्दा आर्थराइटिसलाई प्रभावकारी रुपमा निको पार्न सहयोग गर्ने देखाएको थियो।

– सन् २००४ मा भएको अध्ययनले नरिवलको तेलमा पाइने एसीड स्मरण क्षमता बढाउनमा उपयोगी भएको पाइएको थियो।

–  यसले अनुहार सफा राख्नुका साथै मोस्चराइजरको काम गर्छ। साथै छालाका धेरै समस्या समाधान गर्न पनि सहयोग गर्छ।

–  नरिवलको तेलमा पाइने आधाजति फ्याटी एसिड लौरिक एसिड हुन्। यो एसिडले ब्याक्टेरिया, भाइरस, फन्जाईलाई मार्छ। यसलाई शरीरमा लगाउनाले यस्ता ब्याक्टेरिया मर्छन्।