• मंसिर १२ २०८१, बुधबार

काठमाडौं बन्यो विश्वकै छैठौं प्रदूषित शहर

कार्तिक २९ २०८१, बिहीबार

काठमाडौँ । राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैठौँ प्रदूषित सहर बनेको हो ।

आईक्यू एयरको बिहान साढे ९ बजेको मापन अनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ ।

त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।
तेस्रो स्थानमा भियतनामको हनोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।