• मंसिर १२ २०८१, बुधबार

साढे १२ लाख ठगेको आरोपमा स्याङ्जाकी कमला, बागलुङकी सीता र झापाका मनिष पक्राउ

कार्तिक २७ २०८१, मंगलवार

काठमाडौं । वैदेशिक रोजगारमा पठाइदिने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी, बाग्लुङको बडिगाड गाउँपालिका–९ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका– १० घर भई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिष खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट ८ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट २ लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट २ लाख २५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।