ग्यास्ट्रिक हुनुको मुख्य कारण व्यवस्थित खानपान नहुनु नै हो ।
समयमै खाना नखानु, लामो समयसम्म भोको पेट बस्नु, तनावयुक्त दिनचर्या, चिल्लो, पिरो भुटेको र तारेको खाना अत्यधिक खानु, शरीरले पचाउनै नसक्ने गरी मासु खाने गर्दा ग्यास्ट्रिक हुने समस्या हुन्छ ।
आन्द्राको कोषमा धेरै रसायनले ग्यास्ट्रिक बनाउँछ । जुन कोष वंशाणुगत हुन्छ । बुफ्रिन, पेनकिलरजस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छन् । रक्तसञ्चार राम्रोसँग नभएको अवस्थामा पनि यस्तो समस्या आउन सक्छ ।