• मंसिर ११ २०८१, मंगलवार

इजरायली क्रुरताविरुद्ध लड्ने योजना बनाउन मुस्लिम देशका नेताहरु साउदीमा भेला

कार्तिक २६ २०८१, सोमबार

काठमाडौं । अरब र मुस्लिम देशका नेताहरू सोमबार साउदी अरबको राजधानी रियाद पुगेका छन् । गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित भएर आयोजना भइरहेको सम्मेलनमा सहभागी हुन सबै रियादमा भेला भएका हुन् ।
‘प्यालेस्टिनी र लेबनानी क्षेत्रमा बढ्दो हिंसा, क्रुर इजरायली आक्रमणसहित अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ ।’ भन्दै साउदी अरबको सरकारी मिडिया एजेन्सी वाफाले एउटा समाचारमा भनेको छ ।

यस सम्मेलनको मुख्य प्राथमिकता प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्ने, आम जनताको सुरक्षा र क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु रहेको बताइएको छ ।

रियादमा चलिरहेको सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि साउदी अरब पुगेका छन् ।