• कार्तिक २८ २०८१, बुधबार

  को हुन् मश्जिद अल अक्सालाई मुक्त गराउने योद्धा सलाहुद्दीन अय्यूबी ?

कार्तिक २५ २०८१, आईतवार

बैतूल मुकद्दसको नाम ‘कुदस’ कुरआन आवतरण हुनु भन्दा पहिला हुने गर्थ्यो । जब कुरआनपाक अवतरित भयो । तब यसको नाम मस्जिद ए अक्सा राखियो । यो शहरलाई हुसूल र रूमीहरुको यातना र पीडाबाट बचाउनका लागि करिब ५००० भन्दा बढी सहाबा किराम रजि (अ) शहीद भएकाछन् । जुन शहादतको सिलसिला अझैसम्म चलिरहेकोछ । यो शहर शहीदहरुको शहर हो । इस्लामको सुनौलो काल दौरे फारूकीमा दुनिया भरिको विजयलाई छाडेर फ़लस्तीनको विजयका लागि स्वयम् उमर रजि (अ) जानु र गएर नमाज अदा गर्नु यस शहरको महत्वलाई दर्शाउँछ । अनि दोस्रो पटक अर्थात इस्लामिक पात्रो अनुसार २७ रजब ५८३ हिजरी शुक्रबारका दिन सलाहुद्दीन अय्युबीद्वारा पुनः यो शहर विजयी हुनु हो ।

मुस्लिम समुदायको आस्था अनुसार किब्ल ए अव्वल अर्थात मश्जिद अलअक्सा र अलकुदस अर्थात फलीस्तीन विजय हासिल गरी आफ्नो अधिनमा लिने महायोद्धा हुन्, सलाहुद्दीन अय्यूबी । सलाहुद्दीन अय्यूबीले  शुक्रबार २ अक्टुबरका दिन ११८७ सालमा अल कुदस अर्थात जेरूसलम विजय गरे । सलाहुद्दीन अय्यूबी एक प्रसिद्ध मुस्लिम सेनापति र राजनीतिज्ञ थिए । धेरैलाई थाहा नहोला उनी हाफीजे कुरआन पनि थिए । पन्ध्र वर्षको उमेरमा उनले कुरआन मजीद कण्ठ गरिसकेका थिए । सलाहुद्दीन अय्यूबीको जन्म ११३७ ई. मा टिक्रित वर्तमान इराकमा भएको हो । जुन भुभाग अहिले तुर्कमेनिस्तानमा पर्छ ।

सलाहुद्दीन अय्यूबी, जसलाई सलादीनको नामले पनि चिनिन्छ । उनको पूरा नाम सलाहुद्दीन युसुफ इब्न अय्युब थियो । उनी कुर्दी मूलका थिए । उनको वास्तविक पिताको नाम नज्मउद्दीन अय्यूब थियो । नज्मउद्दीन अय्यूब एक कुर्द सैन्य अधिकारी र कुलीन व्यक्ति थिए । जो तत्कालीन इराकको टिक्रितमा सल्जूक साम्राज्य अन्तर्गत सरकारी पदमा कार्यरत थिए । बाल्यकालदेखि नै सैन्य प्रशिक्षण प्राप्त थियो । उनले आफ्ना काका शिरकूहसंग महत्वपूर्ण सैन्य शिक्षा लिएका थिए।

नज्मउद्दीन अय्यूब र उनका भाई असदउद्दीन शिरकूहले त्यो समयमा राजनीतिक र सैन्य व्यवस्थामा महत्वपूर्ण भूमिका निभाए । तिनीहरूको परिवार अन्ततः ज़ंगी वंशको सेवा गर्दै प्रभावशाली बन्यो । जो एक शक्तिशाली मुस्लिम वंश थियो । जसले सलाहुद्दीनलाई महान सैन्य नेता बन्ने बाटो खोल्यो ।

नूरउद्दीन जंगी सिरियामा जंगी वंशका शक्तिशाली शासक थिए । नूरउद्दीन जंगी र नज्मउद्दीन अय्यूबको घरमा एकै दिन छोराको जन्म भयो । जन्म दिने बेला नूरउद्दीन जंगीको पत्नी अर्थात उनकी रानी र छोरा दुबैको मृत्यु भयो । उनले छोराको मृत्युको खबर सार्वजनिक नगरिकनै नज्मउद्दीन अय्यूब र उनकी पत्नीसंग भेटेर एउटा पवित्र सपनाको जिकिर गरे । जुन सपना पवित्र सपना नज्मउद्दीन अय्यूबकी पत्नीले पनि हेरेकी थिइन् ।

यसरी उनले आफ्नो मरेको छोरा नज्मउद्दीन अय्यूबलाई दिए र उनको छोरालाई लुकाएर महलमा ल्याए पश्चात उत्तराधिकारीको रुपमा छोरा जन्मेको खबर सार्वजनिक गरे । जसको नाम उनका वास्तविक आमाबुवाले युसुफ राखेका थिए । यसरी सलाहुद्दीन अय्यूबीलाई राजाको पुत्र भनेर सम्बोधन गराईयो । जसले सालाहुद्दीनको परिवारको वंशावली र तिनीहरूको सेवामा सम्मान प्रकट गर्छ । यद्यपि सलाहुद्दीनका पिता, नज्मउद्दीन अय्यूब, राजा थिएनन्, उनी एक सम्मानित कुलीन र सैन्य नेता थिए । तिनीहरूको परिवार जंगी शासनमा महत्त्वपूर्ण पदमा थियो।

आफ्नो शरीरको अंश आफ्नो छोरा राजाको पुत्र शीर्षक जहाँ उनीहरुको लागि सम्मानको प्रतीक थियो र ज़ंगी उद्देश्यप्रति अय्यूब परिवारको वफादारी, कुलीनता पहिचान थियो । त्यहीँ आफ्नो बच्चा दिईदिनु महा योगदान थियो । सलाहुद्दीनका काका असदउद्दीन शिरकूहले पनि जंगी सैन्य अभियानहरूमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । नूरउद्दीनका लागि मिस्रलाई सुरक्षित गर्न मद्दत गरेका थिए । यसले अय्यूब परिवारलाई नूरउद्दीनको दरबारमा उच्च सम्मान दिलाएको थियो । इस्लामिक इतिहासमा सलाहुद्दीन अय्यूबीलाई एक त्यस्तो व्यक्तिका रूपमा हेरिन्छ जसमा शासक बन्ने गुण, बल र चरित्र रहेको थियो ।

उनले १२औं शताब्दीमा अरब र इस्लामिक साम्राज्यको विस्तारका लागि महत्वपूर्ण योगदान पुर्याए। सलाहुद्दीनले सुरूवातमा नूरउद्दीन जंगी, जो सिरियाका शासक थिए । उनको अधीनमा सेवा गरेका थिए । पछि उनले नै ११७१ई. मा अय्यूबी वंशको स्थापना गरी इजिप्टका शासकको रुपमा आधुनिक शासन व्यवस्थाको स्थापना गरेका थिए । उनले खडा गरेको यस साम्राज्यले आधा विश्वमा सय वर्ष सम्म शासन गरेको छ ।

सलाहुद्दीन अय्यूबी एक यस्ता शासक थिए जसको शासनकाल सबभन्दा बढी विद्यालय र अस्पताल, पुल र सडक आदि निर्माण गरी खानेपानीको व्यवस्था गरियो । तपाईलाई थाहा छैन् होला सबभन्दा पहिलो शिक्षा बजेट सलाहुद्दीन अय्यूबीले छुट्टियाएका थिए । उनले नै सर्वप्रथम विद्यालयमा होस्टेल र कैन्टीनको सुरुआत गरेका थिए । सर्प्रथम उनले नै आफ्नो दरबारमा सबै जातजाति, धर्म, समुदायका समस्या सुन्न र समाधान गर्न सप्ताहमा दुई पटक सार्वजनिक सुनुवाईको सुरुआत गरेका थिए ।

सलाहुद्दीन अय्यूबी एक न्यायप्रेमी शासक र धार्मिक सहिष्णुताका पक्षधर थिए । उनले युद्धभुमिमा पनि दयालुता र सम्मान देखाए । जसको कारण उनले आफ्नो शत्रुहरूको बीचमा पनि सम्मान प्राप्त गरे । यहुदीहरुले बेला बेला षडयंत्र गरी उनको सफलताको बाटोमा बाधा अडचन खडा गरिरहे । तथापि उनले ईसाई र मुस्लिम सेनापतिहरूसँग शान्तिपूर्ण सम्झौतामा आधारित युद्ध रणनीति अपनाएका थिए ।सलाहुद्दीन अय्यूबीले धेरै स्थानहरूमा विजय प्राप्त गरेका थिए । जसमा प्रमुख युद्ध र आक्रमणहरूका परिणामस्वरूप उनले मुस्लिम साम्राज्यको विस्तार गरेका थिए।

१. जेरूसलम (अलकुदस)

सलाहुद्दीन अय्यूबीको सबैभन्दा प्रसिद्ध विजय ११८७ ई. मा भएको थियो । जब उनले शत्रुहरूको नियन्त्रणबाट जेरूसलम अल कुदसलाई पुनः कब्जामा लिएका थिए । यो विजय मुस्लिम इतिहासमा एक ऐतिहासिक घटना मानिन्छ । विजय पश्चात जेरूसलमको मुस्लिम नियन्त्रणलाई पुनर्स्थापित गर्‍यो । जसलाई हाल यहुदीहरुले थर्डटेम्पल बनाउनका लागि मुसलमानहरुबाट हासिल गर्न खोजिरहेकाछन् । यो विजय केवल सैन्य विजय मात्र थिएन् । यहाँका बासिन्दाहरूसँग उनले गरेको मानवीय व्यवहारको उदाहरण पनि हो । सलाहुद्दीनले जेरूसलमको विजय पश्चात बस्न चाहने ईसाई र यहूदीहरूको धार्मिक स्वतंत्रता र जिउज्यान सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गरेका थिए । बस्न नचाहनेहरूलाई सुरक्षित रूपमा शहर छोड्न अनुमति दिएका थिए ।

२. दमिश्क, सीरिया

सलाहुद्दीनले ११७४ई. मा दमिश्कलाई कब्जा गरे । यसलाई आफ्नो साम्राज्यको राजधानी बनाए । यसैबाट उनका विजयहरूको सिलसिला सुरु भएको थियो । उनले यस क्षेत्रको राजनीतिक र सैन्य नियन्त्रण स्थापित गरे ।

३. अलेप्पो, सीरिया

सलाहुद्दीनले ११७४ ई. मा नै अलेप्पो पनि आफ्नो नियन्त्रणमा लिएका थिए । अलेप्पो, जो त्यसबेला समय शत्रुहरूको विरुद्ध प्रयोग हुने एक प्रमुख शहर थियो । यसको विजयले सलाहुद्दीनको प्रभुत्वलाई अझ बलियो र सुदृढ बनायो ।

४.मुसल, इराक

११७१ ई. मा सलाहुद्दीनले मुसलमाथि कब्जा गरे । यसरी यो विजयले उनीलाई इराकको विभिन्न भागहरूमा आफ्नो शक्ति फैलाउन मद्दत पुर्यायो । अनि उनले आफ्नो साम्राज्यलाई एकीकृत गरे।

५. फलीस्तीनका विभिन्न क्षेत्रहरू

जेरूसलमको विजयको क्रममा उनले फलीस्तीनका विभिन्न शहर र किल्लाहरूमा पनि विजय प्राप्त गरे । जसमध्ये अक़्का र नब्लस प्रमुख रहेका थिए ।

६. नाइरिब, सीरिया

११७४ ई. मा सलाहुद्दीनले नाइरिब शहरमाथि पनि कब्जा गरे । यसका साथ उनले सिरीयाको उत्तरी भागमा आफ्नो प्रभुत्वलाई मजबूत बनाए ।

७. हिम्स, सीरिया 

सलाहुद्दीनले हिम्स शहरलाई पनि विजय गरे । यसले उनका क्षेत्रीय विस्तारलाई मद्दत पुर्यायो।

८. काइरो, इजिप्ट

११६९ ई. मा सलाहुद्दीनले काइरो विजय गरी इजिप्टको राजधानीबाट शासन गर्नु शुरू गरे । साथै इजिप्टमा अय्यूबी वंशको स्थापना गरे।

दमिश्क र अलेप्पो उनलाई ११७४ई। मा नै कब्जा गर्न सफल भए र । यी सफलताहरूले उनको सैन्य अभियानलाई अघि बढाउदैँ लगे । यी शहरहरूलाई कब्जा गर्दा उनले टुक्रिएको मुस्लिम(नियंत्रित क्षेत्रहरूको एकीकरणको रणनीति अपनाए । काईरोमा उनले किल्ला बनाए ।

यसै गरी सलाहुद्दीन अय्यूबीले गरेका केही सामाजिक, शैक्षिक, धार्मिक, राजनीतिक, स्वास्थ्य उपचार, भौतिक निर्माण, कुटनीतिक र आर्थिक विकास कार्यहरूस्

१. शिक्षा र विश्वविद्यालयको विकास :

उनले इजिप्ट र सिरियामा विश्वविद्यालयहरू र मदरसाहरूको स्थापना गरे । यसले मुस्लिम समाजमा शिक्षा र बौद्धिक विकासलाई प्रवर्द्धन गर्‍यो। विश्वका प्रसिद्ध सोधकर्ता इब्न अल बैतारले तीन शय भन्दा बढी औषधीको खोज गरेका थिए । उनले लेखेका किताब अल मुगन्नी र किताब अल जामीलाई १७ शताब्दी सम्म अक्सफोर्ड जस्तो विश्व विद्यालयमा पढाईन्थ्यो ।

२. अस्पतालहरूको निर्माण 

सलाहुद्दीनले बिरामीको उपचारका लागि अस्पतालहरूको निर्माण गरे। उनले अस्पताल जस्ता चिकित्सा संस्थाहरूको स्थापनामा ध्यान दिएका थिए, जसले समाजको स्वास्थ्य प्रणालीलाई सुधार गर्ने काम गर्‍यो। आँखा सम्बन्धी रोगको बारेमा सबभन्दा बढी सोध उनकै शासनकालमा गरियो । मोतियाबिंद जस्तो रोगको उपचार उनकै पाला खोजियो । जसमध्ये दमिश्कको प्रसिद्ध अल(नासिर अस्पताललाई  प्रमुख उदाहरणको रुपमा लिईने गरिन्छ ।

३. सार्वजनिक पानी आपूर्ति

मरुभूमिमा पानीको अकाल रहेको बेला उनले सार्वजनिक पानी आपूर्ति प्रणालीका सुधारहरू गरे बढी भन्दा बढी इनार बनाए । जसले नागरिकलाई पानीको सहज आपूर्ति सुनिश्चित गर्‍यो ।

४. सामाजिक न्याय र दयालुता 

उनले आफ्नो शासनमा समानता र न्यायको आदर्श प्रस्तुत गरेका थिए । उनले गरीब र दुखीहरूको हकमा सहानुभूति देखाएर समाजमा न्यायको प्रचार गरे। उनले युद्धकै क्रममा पनि आफ्ना कैदीहरू र शत्रुहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने ख्याल राख्ने गरेका थिए । जसका कारण विभिन्न संस्कृतिहरूबाट उनलाई सम्मान प्राप्त भएको थियो।

५. धार्मिक सहिष्णुता

जेरूसलम अर्थात अल कुदसको विजयपछि उनले येरुसलममा रहेका यहूदी र ईसाईहरूको धर्म र सम्पत्ति सुरक्षित रहने ग्यारेन्टी गराउने नीति बनाए । उनका शासकीय नीति र सामाजिक व्यवहारमा धार्मिक सहिष्णुता थियो।

६. दीन र दुनिँया बीच सन्तुलन

उनले धर्म र समाजको बीच सन्तुलन कायम राख्न प्रयास गरे । आध्यात्मिक र संसारिक जीवनमा सन्तुलन कायम राखे । इस्लामिक शिक्षा र तालीमलाई समाजको भलाईका लागि प्रयोग गरे ।

७. सामाजिक संरचनामा सुधार

उनले समाजमा कर्तव्य र अधिकारका बीच सन्तुलन कायम राख्नका लागि नीतिहरू तयार गरी लागू गरेका थिए ।

८. सैन्य सुधार र भरणपोषण

सलाहुद्दीनले आफ्नो सैनिकहरूका लागि स्थिर भरणपोषण र राम्रो सामाजिक स्थिति सुनिश्चित गरेका थिए । जसले समाजमा सैन्य वर्गको महत्त्वपूर्ण स्थान स्थापना गरेको थियो ।

९. कृषि सुधार

उनले कृषिमा सुधार ल्याउने योजना बनाएर लागू गरे । कृषकहरूको हितमा कार्य गरे । जसले उत्पादन बढायो र कृषक वर्गको स्थितिमा तत्काल सुधार ल्यायो ।

१०.सार्वजनिक सेवा र सडकमार्ग विकास

उनले सार्वजनिक मार्ग र सडकमार्गको निर्माणमा ध्यान दिए । जसले यातायात र व्यापारको प्रवाहलाई निकै सहज बनायो ।

११.मुस्लिम समाजमा महिला अधिकारको समर्थन

उनले मुस्लिम महिलाहरूको शिक्षा र समाजमा भागीदारीलाई प्रोत्साहन गरेका थिए । पुरूषका साथै विभिन्न युद्धहरुमा महिला योद्धाहरुलाई युद्ध लड्ने अनुमति रहेको थियो ।

१२.सामाजिक सुरक्षा र आपतकालीन सहायता

उनले आफ्नो शासनकालमा विपत्ति र आपतकालमा नागरिकलाई सहयोग पुर्याउनका लागि अनुदान र सहायता प्रणाली सुरुआत गरी सञ्चालन गरेका थिए ।

१३. सैन्य र नागरिक वर्गको बीच सहयोग

उनले सैन्य र नागरिक वर्ग बीच सहकार्यको महत्वलाई पहिचान गर्दै समान अधिकार र कर्तव्यका लागि नीति बनाएर लागू गरेका थिए ।

१४. आर्थिक नीति सुधार

उनले विभिन्न कर नीतिहरू लागू गरे । जसले व्यापारी र कृषकहरूको जीवन स्तरमा निकै सुधार ल्यायो ।

१५. दीनको रक्षाका लागि मद्दत

धार्मिक सुधार र विश्वासका क्षेत्रमा उनले समाजका गरिब र अशक्त मानिसलाई सहयोग पुर्याउनका लागि प्रयास गरे ।

यी त केवल केही प्रमुख कार्यहरू मात्रै हुन् । यस बाहेक पनि सलाहुद्दीन अय्यूबीले आफ्नो शासनकालमा गरेका अन्य थुप्रै सुधारात्मक र अतुलनीय योगदानहरू रहेकाछन् । जसले मुस्लिम समाजलाई तत्कालीन समयमा स्थायीत्व र समृद्धिको आधार प्रदान गरेका थिए । उनले महल, मस्जिद, अस्पताल र किल्लाहरू पनि निर्माण गरेका थिए । जसले उनका सांस्कृतिक र सामाजिक योगदानलाई अझ प्रगाढ बनाएको छ। यहाँ केही प्रमुख निर्माणहरूको नाम र स्थान दिइएको छ ।

१. अल नासिर अस्पताल 

दमिश्क, सीरियामा यो अस्पताल १२ सयको आसपास निर्माण गरिएको थियो । यो इस्लामी चिकित्सा विज्ञानमा एक महत्वपूर्ण केन्द्र बन्यो। यस अस्पतालमा रोगहरूको उपचारका लागि अत्याधुनिक पद्धतिहरूको प्रयोग गरिएको थियो।

२. किल्ला 

काइरो, इजिप्ट काइरोको किल्ला सलाहुद्दीन अय्यूबीले ११७६ मा निर्माण गर्न थालेका थिए। यो किल्ला काइरो शहरको रक्षा गर्ने मुख्य केन्द्र थियो र यसले उस समयको सैन्य र प्रशासनिक गतिविधिहरूको नियन्त्रण गर्न मद्दत पुर्यायो। किल्लाको निर्माण पछि यो मिस्रका प्रमुख शासकहरूको मुख्य निवास बन्यो।

३. अल अक्सा मस्जिद 

यद्यपि अल अक्सा मस्जिद इस्लामिक इतिहासमा पहिलेबाटै एक प्रमुख धार्मिक स्थल थियो । सलाहुद्दीनले जेरूसलमको विजयपछि यस मस्जिदको पुनर्निर्माण र जीर्णोद्धारका लागि प्रयास गरेका थिए ।

४. जेरूसलमको किल्ला 

जेरूसलमको किल्ला सलाहुद्दीन अय्यूबीको विजयपछि महत्त्वपूर्ण बन्यो । यो किल्ला जेरूसलमको रक्षा गर्नका लागि एक प्रमुख सैन्य केन्द्र थियो । अनि मध्यकालमा यसको रणनीतिक महत्त्व निकै ठूलो थियो।

५. अल मुल्क मस्जिद

सलाहुद्दीन अय्यूबीले दमिश्कमा केही महत्वपूर्ण मस्जिदहरूको निर्माण गरे, जस मध्ये एक प्रमुख मस्जिद अल मुल्क मस्जिद हो। यो मस्जिद इस्लामिक वास्तुकलाको उदाहरण हो र धर्मिक गतिविधिहरूको केन्द्र बन्यो।

६. एडेस्सा किल्ला 

यद्यपि एडेस्सा किल्ला सलाहुद्दीनले बिना नै विजय गरिसकेका थिए । जुन टर्कीको सीमाना थियो । उनले यस किल्लामा सुधार र रक्षात्मक संरचनाहरू थप गरेका थिए। यस किल्लाले मध्ययुगीन क्रूसेड युद्धहरूमा ठूलो भूमिका खेलेको थियो।

७. दमिश्कको दारुल हिक्मा 

यो एक प्रख्यात इस्लामिक शिक्षा केन्द्र थियो । जसलाई सलाहुद्दीनको शासनकालमा महत्वपूर्ण बनाइयो। यहाँ धेरै विद्वानहरूले अनुसन्धान र अध्ययन गरेका थिए । साथै यसले इस्लामिक सभ्यता र ज्ञानको प्रसारमा योगदान पुर्यायो। सलाहुद्दीन अय्यूबीको नेतृत्व र कार्यशैलीले उनलाई ऐतिहासिक रूपमा एक महान शासक र रणनीतिकारको रूपमा स्थापित गरेको छ । इस्लामिक इतिहासका उनी एक महायोद्धा पनि थिए ।

उनले धेरै यहुदी, इसाई र आफ्नै भाईभारदार, नातादारका साथसाथै आफु बीच रहेका विद्रोहीहरुसंग युद्ध लड्नु परेको थियो । मश्जिद अल अक्सालाई पुनः हासिल गर्न १६ वटा युद्ध लडे । हरेक पटक युद्ध भूमिमा जाँदा उनी एउटा काठले बनेको मेहराब साथमा लगेर जान्थे जसलाई नूरउद्दीन जंगीले बनाउन लगाएका थिए । जुनकि उनको लागि निकै महत्व राख्दथ्यो । यसलाई मेहराब र मिम्बर पनि भनिन्छ । जसमाथि बसेर इमामले खुत्बा दिने गर्छन् ।

१६ औं पटकमा जब मश्जिद अल अक्सा हासिल गरियो । तब उनले आफ्नो हातबाट त्यो मेहराब मश्जिद अल अक्सामा लगाएका थिए । सलाहुद्दीन अय्यूबीका सफलताहरुमा केवल राजनीतिक नियन्त्रण मात्र नभई मुस्लिम साम्राज्यको सांस्कृतिक, धार्मिक र आर्थिक प्रभाव, विकास र विस्तार गर्नु पनि हो । उनको नेतृत्वमा मुस्लिम साम्राज्यको भौगोलिक सीमा प्रचुर मात्रामा फैलिएको थियो । उनका सैन्य सफलताहरूले उनलाई एक महान शासकको रूपमा इतिहासमा चिनाएकाछन् ।

सालाहुद्दिनको विरासत एक सेनानी, एक नेता र एक सुधारकको रूपमा सदियौं सम्म जीवित रहिरहनेछ । उनका ऐतिहासिक महत्त्व केवल सैनिक विजयहरू मात्र होइनन् । उनका प्रशासनिक र सामाजिक योगदानमा पनि निहित छ । उनलाई इस्लामिक शिष्टता र नेतृत्वको आदर्श मानिन्छ । जसले आज पनि अधिकांशलाई प्रेरित गर्दछ ।