• मंसिर ११ २०८१, मंगलवार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाका निम्ति मेची–महाकाली अभियान चलाउने प्रचण्डकाे भनाइ

कार्तिक २४ २०८१, शनिबार

हेटाैडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका निम्ति मेची–महाकाली अभियान चलाउने बताएका छन् ।

मकवानपुरको थाहा नगरपालिकामा शनिबार वाईसीएलको दोस्रो नगर सम्मेलनमा उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने उल्लेख गरे । व्यवस्था परिवर्तनको सुरुआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको उनले बताए ।

आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको बताए । दोस्रोपटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युत भार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

माओवादी केन्द्रको पहलमा वाग्मती सरकारको लगानीमा कभर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उनले उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले दामगाडे–महादेवबेँसी सडक ९८ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कञ्छाल–कलेचानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञापन तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताए ।