• मंसिर १२ २०८१, बुधबार

आफ्ना ५६३ जना सैनिकको शव रुसले फिर्ता दिएको युक्रेनको भनाई

कार्तिक २४ २०८१, शनिबार

मस्काे । युक्रेनले शुक्रबार रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको बताएको छ । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका सैनिकका शवहरु छन् ।

सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो ।

‘पाँच सय ६३ युक्रेनी डिफेन्डरहरूको शव युक्रेनमा फिर्ता गरियो,’ युद्ध कैदीहरूको उपचारको लागि समन्वय मुख्यालयले सोशल मिडियामा एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

साथै, रुसी शवगृहबाट थप १५४ शव फिर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ । रुस र युक्रेनले यस लडाईमा कति सैनिक मारिएका छन् भन्ने सार्वजनिक रूपमा खुलासा गरेका छैनन् ।