• मंसिर १२ २०८१, बुधबार

इजरायलमा पाँच वटा रकेट आक्रमण

कार्तिक २४ २०८१, शनिबार

जेरुसेलम । हिजबुल्लाहले शुक्रबार मध्य र उत्तरी इजरायल तर्फ करिब पाँच वटा रकेट आक्रमण गरेको छ । आक्रमण लगतै इजरायलका ५३ सहरहरूमा हवाई आक्रमणका साइरनहरू बजिएका थिए ।

इजरायली सेनाले अधिकांश रकेटहरू रोकेको एक विज्ञप्तिमार्फत जनाएको छ । राज्यको स्वामित्वमा रहेको कान टिभी समाचारले उत्तरी इजरायलको एउटा आवासीय घरमा रकेट प्रहार भएको जनाएको छ ।

इजरायली म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार हताहतको कुनै तत्काल रिपोर्ट आएको छैन । हालसम्म हिजबुल्लाहले आक्रमणको पुष्टि गरेको छैन ।

हिजबुल्लाहका नेता शेख नइम कासिमले इजरायली सेनामाथि विजय नहुँदासम्म लड्ने वाचा गरेपछि बुधबार उत्तरी र मध्य इजरायलमा हिजबुल्लाहद्वारा रकेटका आक्रमणहरू गरिएका थिए ।

यी घटनाक्रमहरू इजरायल र हिजबुल्लाहबीच जारी सीमापार द्वन्द्वको बीचमा भएको हो ।