• मंसिर ११ २०८१, मंगलवार

विश्व बडी बिल्डिङमा नेपाललाई रजत पदक

कार्तिक २३ २०८१, शुक्रबार

अहिले मालदिभ्समा विश्व बडी बिल्डिङ च्याम्पियनसिप चलिरहेको छ । विश्वको यो १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिप २०२४ मा नेपालले ३ रजत पदक जितिसकेको छ । यो नेपालका लागि निकै ठूलो उपलब्धि हो ।

नेपालमा बडी बिल्डिङको चलन केही पछि मात्र आएको हो । तथापि यसमा नेपालले ठूलो प्रगति गरिसकेको छ । मालदिभ्समा भएको विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालले आफ्नो प्रगति व्यवहारतः देखाइसकेको छ ।

शुक्रवार आयोजित बडिबिल्डिङ प्रतिस्पर्धामा नेपालका बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले रजत पदक जितेर नेपालको शीर ठाडो बनाएका छन् ।

विश्व बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सद्वारा अदु सिटीमा आयोजित विश्व बिल्डिङ कार्यक्रममा नेपालले आाफ्नो अद्भूत प्रगति देखाइसकेको छ । प्रतियोगितामा रुजेश र रजनीले क्रमशः ६० केजी र ५५ केजी माथि दोस्रो स्थान हासिल गर्दै रजत जितेका छन् भने प्रज्वलले ४० वर्ष माथि रजत पदक हासिल गरेका छन् ।

मादिभ्समा आयोजित प्रतियोगितामा नेपालका ६ खेलाडी सहभागी छन् । हाल ३ खेलाडीले रजत जितिसकेपछि बाँकी ३ खेलाडी ललित धिमाल, रजित आचार्य र सनम मुलगुठी पनि दोस्रो चरणको बडि बिल्डिङ प्रतिस्पर्धामा छन् । उनीहरूको ‘शो’को प्रतिस्पर्धामा पनि आशावादी परिणाम आउने अपेक्षा गरिएको छ ।