• मंसिर १२ २०८१, बुधबार

यात्रुवाहक फोर्स गाडी सुर्खेत–दैलेख सडकखण्डमा २ सय मिटर तल खस्यो, थप विवरण आउन बाँकी

कार्तिक २३ २०८१, शुक्रबार

सुर्खेत । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । गाडी सडकभन्दा झण्डै दुई सय मिटर भिरमा खसेकाले यकिन विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १३ जना घाइतेको उद्धार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्तालत सुर्खेत पठाइएको छ ।

अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । गाडीमा ३० देखि ३५ जना यात्रु रहेको अनुमान गरिएको छ ।