• मंसिर ११ २०८१, मंगलवार

लेनिन विष्टले हालेको प्रचण्ड र बाबुराम विरुद्धको मुद्दामा पेसीको जानकारी गराउन आदेश

कार्तिक २३ २०८१, शुक्रबार

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्वलडाकुले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज शुक्रवार महान्यायाधिवक्ताको कार्यालयलाई आगामी पेसीको जानकारी गराउनु भन्ने आदेश गरेको छ ।

पूर्व बालसैनिक लेलिन विष्टले दर्ता गरेको दुई थान निवेदन सुनवाइका लागि आज पेसी तोकिएको थियो । न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको थियो ।