• मंसिर ११ २०८१, मंगलवार

पाकिस्तानले अष्ट्रेलियाको घरेलु टिमलाई ९ विकेटले हरायो

कार्तिक २३ २०८१, शुक्रबार

काठमाडाैं । अस्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तानले तीन खेलको ओडीआई सिरिजको दोस्रो खेलमा घरेलु टिम अस्ट्रेलियामाथि ९ विकेटको जित हात पारेको छ । अस्ट्रेलियाको एडिलेडमा शुक्रबार पाकिस्तानसामु अस्ट्रेलिया कुनै पनि डिपार्टमेन्टमा टिकेन ।

पाकिस्तानले पहिला अस्ट्रेलियालाई १६३ रनमै अलआउट गर्‍यो, पछि एक विकेटको क्षतिमा सजहै जित हात पारी सिरिजमा एक–एकको बराबरी गर्‍यो । पाकिस्तानको जितमा फास्ट बलर ह्यारिस रौफले पाँच विकेट लिए।

अस्ट्रेलियन ब्याटिङ ध्वस्त पार्ने क्रममा उनले जोस इंग्लिस, मार्नस लाबुसांगे, आरोन हार्डली, ग्लेन म्यास्वेल र पाट कमिन्सको विकेट लिए । यस्तै अर्का फास्ट बलर शाहिन शाह अफ्रिदीले तीन विकेट लिए भने नसिम शाह र मोहम्मद हसनैनले एक एक विकेट लिए ।

ब्याटिङतर्फ पाकिस्तानका लागि श्याम अयुब र अब्दुला सफिकले अर्धशत बनाए । अयुबले ८२ रनको योगदान दिए भने सफिक ६४ र बाबर आजम १५ रनमा नटआउट रहे । सिरिजको पहिलो खेलमा पाकिस्तान पराजित भएको थियो ।