कात्तिक २३, काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घटेको सुनको भाउ दोस्रो दिन नै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेको हो ।
योसँगै छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ पुगेको छ । बिहीबार यस्तो मूल्य १ हजार ९६० रुपैयाँ थियो ।