• मंसिर ११ २०८१, मंगलवार

ज्यान मार्ने उद्योगमा दीपक मनाङे सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय

कार्तिक २० २०८१, मंगलवार

कात्तिक २०, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय हुने फैसला सदर गरेको छ ।

गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वोच्चले मनाङेलाई ५ वर्षको जेल सजाय सदर हुने फैसला गरेको हो ।

मनाङेलाई यसअघि उच्च अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय हुने फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध उनी सर्वोच्च गएका थिए । मंगलबार न्यायाधीसद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङे दोषी ठहर हुने फैसला सदर गरेको हो ।

२०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मनाङेसहित उनको समूहका युवाहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।