• मंसिर ११ २०८१, मंगलवार

निषेधित क्षेत्र तोड्न खोज्ने रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार, केही प्रदर्शनकारी नियन्त्रणमा

कार्तिक २० २०८१, मंगलवार

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ । लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदा लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको रास्वाको आरोप छ । लामिछाने पक्राउको विरोधमा एकबद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ । कास्कीमा बयान सकिनेबित्तिकै लामिछानेलाई रुपन्देही लैजाने तयारी प्रहरीको छ ।

File Photo