• कार्तिक २० २०८१, मंगलवार

अमेरिकाले डीभी भर्ने समय दुई दिन थप गर्याे

कार्तिक १९ २०८१, सोमबार

काठमाडौँ । अमेरिकाले डाइभर्सिटी भिसा डीभी भर्ने समय दुई दिन थप गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको सोमबार एक सूचनामार्फत जानकारी गराएको हो ।

आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ । जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने, पछिल्लो ६ महिनामा खिएको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने उल्लेख छ ।

दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने र आवेदन https://dvprogram.state.gov/ बाट मात्र भर्न सकिने स्पष्ट गरेको छ ।