बुटवल । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल पनि पुर्याउने भएको छ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछाने सहकारीको रकम अपचलनकै अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा लामिछानेमाथि अनुसन्धानका लागि भन्दै प्रहरीले उनलाई बुटवल लैजाने तयारी गरेको हो । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप छ ।
उक्त कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीले प्रहरीलाई पक्राउको अनुमति दिइसकेको छ । सोही कारण लामिछानेलाई बुटवल लैजाने प्रहरीको तयारी छ ।