• मंसिर ११ २०८१, मंगलवार

कस्तो छ आजको मौसम ?

कार्तिक १९ २०८१, सोमबार

काठमाडौं ।  देशभरका केही स्थानमा सोमबार हल्का वर्षा हुने भएको छ। पश्चिमी वायु,स्थानीय वायु र बंगलादेश तथा भारतको मनिपुर आसपासको न्यूनचापीय प्रणालीको आंशिक प्रभावले वर्षा हुने भएको हो ।

हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।

सोमबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूरवानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने महाशाखाले जनाएको छ ।