• मंसिर १२ २०८१, बुधबार

अर्घाखाँचीमा भारतीय कार दुर्घटना

कार्तिक १८ २०८१, आईतवार

१८ कात्तिक, बुटवल । अर्घाखाँचीमा आज साँझ भारतीय कार दुर्घटनामा भएको छ ।सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर५५एयू८७९३ नम्बरको भारतीय कार अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चत्र बहादुर मल्लले गाडी पूर्णरुपमा क्षति भएको बताए । उनले एक जनाको उद्धार भएपनि अन्यको उद्धार गर्न समस्या भइरहेको बताए ।