काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल संवत्लाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्ने बताएकी छन् ।
नेपाल संवत् ११४५ को अवसर पारेर शनिबार काठमाडौंमा वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै उहाँले सो आवश्यकता औँल्याएकी हुन् ।
उपमेयर डंगोलले व्यवहारिक पक्षमा नेपाल संवत् हरेकले लागू गर्दै आएको भए पनि त्यसको महत्त्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रूपमा अघि बढाउने कार्यलाई पनि तीव्रता दिनुपर्ने स्पष्ट पारिन् ।
उनले नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्को मान्यता दिएको स्मरण गराउँदै त्यसको प्रयोगलाई अघि बढाउने कुरालाई दिनचर्याको रूपमा सबैले अघि बढाउनुपर्ने पनि बताइन् ।
त्यस अवसरमा उपमेयर डंगोलले नेपाल संवत् समारोहका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गर्दै आएको र त्यसलाई सदैव निरन्तरता दिने पनि बताइन् ।