कात्तिक १४, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज साँझ दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाईनल खेलमा नेपाली टिमलाई प्रतिगोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ ।
बंगलादेश विरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रतिगोल रु. १ लाख प्रदान गर्नेछ ।
नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो ।
बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।