• मंसिर ११ २०८१, मंगलवार

नेपाली युवा कणर्बहादुर बुढाक्षेत्रीले बनाएको एण्ड्रोइड एप ४० हजार डलरमा बिक्री

कार्तिक १४ २०८१, बुधबार

काठमाडौं । नेपालका एक युवाले डेभलप गरेको एउटा एण्ड्रोइड एप हालै ४० हजार अमेरिकी डलरमा बिक्री भएको छ । ती युवा हुन् २३ वर्षीय कणर्बहादुर क्षेत्री । उनको पूरा नाम कणर्बहादुर बुढाक्षेत्री हो ।

उनले २ दिनअघि आफ्नो फेसबुक र एक्स अर्थात् पुरानो ट्विटर एकाउन्टमा यस प्रकारको आशय आउने स्टाटस अङ्ग्रेजीमा राखेका थिए, ‘पुनः उही इजरायली कम्पनी ‘राउण्ड्स एआई लिमिटेड’ लाई नयाँ एण्ड्रोइड एप ४० हजार डलर नेपालीमा लगभग ५० लाख रुपैयाँमा बिक्री भयो । एक वर्षमा यसअघि ७० लाख र यसपटक ५० लाख गरी ३ वटा एण्ड्रोइड एप बिक्रीबाट लगभग १ करोड २० लाख आम्दानी भयो । त्यसमा ५ प्रतिशत कर काटियो र देशलाई ६ लाख रुपैयाँ बराबर राजस्वसमेत प्राप्त भयो । जय नेपाल ।’

कम्प्युटर इन्जिनियरिङका विद्यार्थी क्षेत्रीले आफ्नो अध्ययनकै क्रममा समय निकालेर आफ्नै रुची अनुसार कुनै लगानीबिना नै एप डेभलप गरेका हुन् । यसअघि पनि यसैगरी युवाहरुले बनाएका लोडशेडिङ शेड्युल, लुडो लगायतका एपहरुलाई नेपाली कम्पनीले नै खरीद गरेका थिए ।

तर क्षेत्रीको हकमा भने उनले बनाएका ३ वटा एप नै विदेशी कम्पनीले खरिद गरेबाट नेपाली युवाहरु पनि विश्वको सूचना प्रविधि क्षेत्रमा प्रतिस्पर्धामा खरो उत्रन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

यूनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत बर्दियास्थित बाँसगढीका २३ वर्षीय क्षेत्रीले तयार गरेको एप पिक अप लाइन्स(फ्लर्ट मेसेजेज यसअघि सोही इजरायली कम्पनी राउण्ड्स एआई लिमिटेडले ५३ हजार अमेरिकी डलरमा अर्थात् लगभग ७) लाख रुपैयाँमा किनेको थियो ।