आरु खानुका फाइदा यस्ता छन् ः
– आरुमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ, जसले शरीरमा एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ। जसले गर्दा प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसका साथै मौसमी रोगबाट बच्न पनि आरुको सेवन लाभदायक हुन्छ ।
– वजन घटाउन लाभदायकआरुको सेवन तौल घटाउन निकै फाइदाजनक मानिन्छ । आरुमा क्यालोरीको मात्रा निकै कम हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । यदि तौल घटाउन चाहनुहुन्छ भने आरुको सेवन अवश्य गर्नुहोस् ।
-आँखाको समस्याका लागि आरुको सेवन निकै फाइदाजनक मानिन्छ । आरुमा भिटामिन ए को गुण पाइन्छ, जसले आँखाको ज्योति बढाउन मद्दत गर्छ। साथै आँखाको समस्या हटाउन पनि फाइदाजनक हुन्छ ।
-पाचन सम्बन्धी समस्याबाट छुटकारा पाउन आरुको सेवन निकै फाइदाजनक मानिन्छ । आरुमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पेटसम्बन्धी समस्यालाई हटाउन मद्दत गर्छ।