• कार्तिक १२ २०८१, सोमबार

सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ: गगन थापा

कार्तिक १२ २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने बताएका छन् ।

सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताउदै  सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्ने  काम अघि बढाउनुपर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने बताएका हुन् ।

सोमबार काठमाडौंमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै थापाले जनतालाई सरकार भएको महसुस हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारवाही गर्नुपर्ने भन्दै उनले संसदीय छानविन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

उनले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई सुझाव दिए । जुनसुकै दलका नेता भएपनि अनुसन्धानमा गल्ती देखिए कारवाही गर्न सरकार पछि हट्न नहुने उनले बताए ।