• कार्तिक १२ २०८१, सोमबार

काठमाडौंको रानीवनबाट पेस्तोलसहित एक युवक पक्राउ

कार्तिक ११ २०८१, आईतवार

कात्तिक ११, काठमाडौं । पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौंको रानीवनबाट पक्राउ परेका छन् ।

काठमाडौंको नागर्जुन नगरपालिका– १, नमुना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका– ७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको कोठा खानतलासी गरी पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका खड्कामाथि प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।