• मंसिर ११ २०८१, मंगलवार

रातारात जालझेल गरी हामीलाई हटाएर बनेको सरकारले भ्रष्टाचारी जोगायो : प्रचण्ड

कार्तिक १० २०८१, शनिबार

कात्तिक १०, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा कांग्रेस र एमालेसित सहकार्य गरेर गल्ती गरेको बताएका छन् । शनिवारको खबरदारी सभामा बोल्दै उनले यस्ते आरोप लगाएका हुन् ।

‘भ्रष्ट र जालीहरुसित सरकारमा सहभागी भएर हामी अलिअलि बिग्रियौं तर हामीले भ्रष्टाचार विरुद्ध काम गर्दै जाँदा हामीमाथि प्रहार प्रहार गरेर सरकारमा काम गर्ने वातावरण बिगार्दै लगेर सरकारबाटै हटाइयो, यो दुष्कामले गर्दा हामी जनतामा जाने र सत्य कुरा जनतालाई भन्ने अवसर पायौं, यसका लागि कांग्रेस र एमालेलाई धन्यवाद छ ।’ प्रचण्डले भने ।

प्रचण्डले केली ओलीप्रति लषित गर्दै पछिल्लोचरणमा अपारदर्शी र जालझेलपूर्ण तरिकाले भ्रष्टाचारीलाई जोगाएको आरोप लगाए । उनले केपी ओलीलाई जाली र झेलीको आरोप पनि लगाए । उनले यो सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको सरकार भएको दाबी गरे ।