• मंसिर ११ २०८१, मंगलवार

भृकुटीमण्डपमा माओवादीको खबरदारी सभा चल्दै, प्रचण्डले सम्वाेधन गर्ने तयारी

कार्तिक १० २०८१, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ । केपी ओली नेतृत्वको सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गरेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभा काठमाडौँ मलमा जम्मा नेता तथा कार्यकर्ताहरू जम्मा भई त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालसहित पदाधिकारीले गरेका छन् ।

जुलुस भद्रकाली, सहिद गेटहुँदै काठमाडौँ मलमा जम्मा भई रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत भएको थियो ।