काठमाडौं । इजरायलले इरानमा हवाई आक्रमण सुरु गरेको छ । एक महिना अघि इरानले गरेको आक्रमणको प्रतिकार स्वरूप इजरायलले अहिले सो आक्रमण गरेको हो । शनिवार बिहान तेहरानमा धेरै पटक विस्फोटको आवाज सुनिएको थियो ।
एक महिना अघि हिजबुल्लाहका नेता हसन नसरल्लाह लगायत अन्य धेरै नेता मारिए पछि यसको प्रतिक्रिया स्वरूप इरानले इजरायलमा आक्रमण गरेको थियो । यस पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘इरानले धेरै ठूलो गल्ती गरेको छ । आफूलाई कसरी सुरक्षित राख्ने तथा आफ्ना शत्रुहरूलाई कसरी सक्ने भन्ने इजरायलले जानेको छ।’
अमेरिकाले पनि यस आक्रमणबारे प्रतिक्रिया जनाइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमा गरेको आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको जनाएका छन् । इरानमा आक्रमण भइरहेको समयमा प्रधानमन्त्री नेतान्याहु भने तेल अभिभस्थित किरिया सैन्य शिविरको बङ्करमा थिए ।
यस वर्ष इजरायलले धेरै इस्लामिक सैन्य समूहसँग युद्ध गरिरहेको छ । गाजामा हमास, लेबनानमा हिजबुल्लाह तथा यमनमा हुथीसँग इजरायलको लडाइ एकै पटक चलेको छ ।