• कार्तिक ७ २०८१, बुधबार

नामै नसुनिएकी दाङकी उर्मिलाले पाइन् जनजातिको मानवअधिकार प्रवद्र्धन बारेको पुरस्कार

कार्तिक ७ २०८१, बुधबार

काठमाडौं । दाङकी अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी रेसिजम अवार्ड दिइएको छ । अमेरिकी सरकारले सन् २०२४ का लागि ग्लोबल एन्टी रेसिजम अवार्डसहित उनलाई सम्मान गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयलले देउखुरीकी चौधरीलाई उक्त सम्मान प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । चौधरी नाबालिका छँदादेखि नै अरुको घरमा कम्लहरी बस्न बाध्य पारिएकी थिइन् ।

नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवद्र्धनमा चौधरी उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी एक अभियान्ता हुन् । त्यसैका लागि उनलाई अमेरिकी सरकारले सम्मान गरेको हो ।

उनले सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवद्र्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै र प्रतिबद्धता देखाएको हुँदा अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको दूतावासले उल्लेख गरेको छ ।

दूतावासले प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उर्मिलाले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ ।