• कार्तिक ७ २०८१, बुधबार

भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरा होइन, कानुनलाई गुरु मानेको छ : प्रधानमन्त्री

कार्तिक ७ २०८१, बुधबार

कात्तिक ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली बसाल्नु प्राथमिकता रहेको बताएका छन् ।

सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजीको विषय नभएको बताए ।

‘भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषयवस्तु होइन । यसले सुशासनको प्रणालीको रुपमा गति लिनुपर्छ,’ उनले भने ।

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभएर कानुनलाई गुरु बनाएको बताए । ‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ ।

भ्रष्टाचारी समातियो भन्ने केही समय हल्ला मच्चिने तर परिणाममा बढ्दै जाने अवस्था होइन,’ उनले भने ।
ओलीले सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएले भ्रष्टहरुको मोर्चा बनेको पनि बताए ।

‘भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्व सक्रिय रहेको हामीले देखिरहेका छौँ,’ ओलीले भने, ‘सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरुको मोर्चा बन्नु बेग्लै कुरा हो ।’

राष्ट्रियता, सुशासन र विकासको काममा सरकारले कुनै सम्झौता नगर्ने ओलीको दाबी छ ।