• कार्तिक ७ २०८१, बुधबार

सुनको मूल्य ८०० बढेर हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

कार्तिक ७ २०८१, बुधबार

कात्तिक ७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबारको उच्च मूल्यको रेकर्डलाई तोड्दै छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि ३५ रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड बनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको हालसम्मकै उच्च मूल्य हो ।