• कार्तिक ७ २०८१, बुधबार

ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

कार्तिक ७ २०८१, बुधबार

७ कात्तिक, काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछाने छन् ।

माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा चालक भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।