• कार्तिक ७ २०८१, बुधबार

अमेरिकी अर्बपति बिल गेट्सले कमला ह्यारिसलाई गरे पाँच करोड डलर सहयोग

कार्तिक ७ २०८१, बुधबार

कात्तिक ७, काठमाडौं । अमेरिकी अर्बपति एवं माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले राष्ट्रपति उमेदवार कमला ह्यारिसको पक्षमा पाँच करोड अमेरिकी डलर दान गरेका छन् ।

ह्यारिसको पक्षमा पैसा संकलन गरिरहेको समूह फ्युचर फरवार्डलाई बिल गेट्सले रकम दिएको न्युर्योक टाइम्सले जनाएको छ ।

डेमोक्रेटतर्फकी उमेदवार ह्यारिस रिपब्लिकनका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छिन् ।

न्युर्योक टाइम्सलाई प्रतिक्रिया दिँदै उनले दुवै पक्षसँग मिलेर काम गर्ने बताएका छन् । उनले यो चुनाव फरक भएको टिप्पणी भने गरेका छन् ।

स्वास्थ्य, गरिबी र जलवायु परिवर्तनविरुद्ध अमेरिका र विश्वभर काम गर्न स्पष्टरूपमा प्रतिबद्ध उमेदवारलाई समर्थन गर्ने उनको भनाइ छ ।

बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले कमला ह्यारिसलाई समर्थन गरेकी थिइन् ।

अर्का चर्चित अमेरिकी अर्बपति एलन मस्कले ट्रम्पलाई खुलेर समर्थन गरिरहेका बेला गेट्सले ह्यारिसलाई समर्थन गरेको खुलेको हो ।