• कार्तिक ७ २०८१, बुधबार

बेलुकाको खाना चाँडै खानुका फाइदै फाइदा

कार्तिक ७ २०८१, बुधबार

चाँडै खाना खानुको फाइदा यस्ता छन् ः

तौल घट्छ

समयमै खाना खाँदा शरीरले त्यो खानेकुरालाई राम्रोसँग पचाउँछ । जसका कारण तपाईंको मेटाबोलिज्मको गति तेज हुन्छ । यो खानेकुरा सजिलै पचिन्छ र यसले शरीरलाई ऊर्जा पनि दिन्छ । छिट्टै खानाले क्यालोरीहरू पनि जलाउँछ, जसले वजन घटाउन सजिलो बनाउँछ ।

राम्रो पाचन

खाने र सुत्ने बिचमा अन्तर राख्दा खाना सजिलै पच्छ । तर, राति अबेर खाना खाएर सुत्दा खाना पच्दैन । यसले पेट दुख्ने, ग्यास हुने, पेट सुन्निने जस्ता समस्या निम्त्याउन सक्छ ।

मधुमेहमा फाइदाजनक

मधुमेहका बिरामीले समयमै खाना खानुपर्छ । जब तपाईं छिटो खाना खानुहुन्छ, शरीरले खानालाई ग्लुकोजमा रूपान्तरण गर्ने समय पाउँछ । यसले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ । मधुमेह रोगीको लागि ढिलो खाना खानु राम्रो होइन ।

निद्रामा सुधार

ढिलो खाना खाएर सुत्दा पाचन प्रक्रिया सुरु हुन्छ । जसका कारण निद्रा लाग्ने प्रक्रियामा बाधा पुग्छ । समयमै खाना खाँदा सुत्नुअघि नै खाना पच्ने गर्छ । जसका कारण निद्रा राम्रो हुन्छ ।

मुटुको स्वास्थ्यमा सुधार

धेरै पटक ढिलो खानाले खाना पचाउन गाह्रो हुन्छ, जसले मुटुमा जलन हुन सक्छ । यस्तो अवस्थामा पेटमा परेको खानेकुराले पनि ग्यास एसीडीटी निम्त्याउँछ । जसका कारण मुटुसँग सम्बन्धित रोगको जोखिम पनि बढ्छ । त्यसैले डाक्टरहरूले समयमै खाना खाने सल्लाह दिन्छन् ।