• कार्तिक ७ २०८१, बुधबार

उपराष्ट्रपति यादव अस्पताल भर्ना

कार्तिक ७ २०८१, बुधबार

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा.शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए। उनको शल्यक्रिया प्राध्यापक डा.रमेशसिंह भण्डारी र सहप्राध्यापक डा.सुमिता प्रधानले गर्ने छन् ।