• कार्तिक ६ २०८१, मंगलवार

स्रोत नखुलेको २० लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ

कार्तिक ६ २०८१, मंगलवार

कात्तिक ६, काठमाडौं । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार राति जिलाको कृष्णनगर नगरपालिका २ मा रहेको अस्थायी प्रहरी पोष्ट लिङ्गेट र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट चेकिङमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका गाडीहरू चेकजाँच गर्दा दुई वटा भारतीय गाडीबाट २० लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

यूपी ४५ ए.एस. ६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डी.टी. ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक निलकण्ठ ढकालले जानकारी दिए ।

उक्त रकमसहित महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टले बताए ।

स्रोत नखुलेको बरामद भारतीय पैसा भारतीय नागरिकलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको समेत भट्टले जानकारी दिएका छन् ।