कात्तिक ४, काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोला प्रतितोला ९५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आइतबार २ हजार ७५ रुपैयाँ कायम भएको छ ।